Comments Add Comment

प्रदिपसँग सल्लाहा माग्छु, तर निर्णय मेरै हुन्छः जसिता

नायिका जसिता गुरुङले तेश्रो प्रोजेक्टको रुपमा चलचित्र ‘आई एम ट्वान्टी वान’मा काम गर्न लागेको चर्चा छ । यो चलचित्रमा नायक धिरज मगर फाइनल भैसकेका छन् । धिरज र जसिताको जोडीलाई पर्दामा देखाउनका लागि निर्देशक रेनशा वान्तवा राई पनि खुबै लागिपरेकी छिन् ।

तर, यो चलचित्रमा काम गर्नका लागि जसितालाई नायक प्रदिप खड्काले रोकेको भन्ने हल्ला पनि छ । यो हल्ला चलिरहेको समयमा यसको जवाफ प्रदिप र जसिताले दिएका छन् । प्रदिपले भने–‘मेरो त्यस्तो कुनै पनि रोकावट छैन । मैले सल्लाहा त दिएको हुन्छु । तर, चलचित्रमा काम गर्नका लागि रोकतोक लगाउने म गर्दिनँ ।’

यस्तै, नायिका जसिता गुरुङले पनि आफूले सल्लाहा प्रदिपसँग मात्र होइन सबैसँग माग्ने बताइन् । तर, चलचित्रमा काम गर्ने वा नगर्ने अन्तिम निर्णय आफ्नो हुने उनको तर्क छ । उनले भनिन्–‘मलाई रेनशाजीसँग काम गर्न मन छ । तर, अहिले चलचित्रको कथा फाइनल भएको छैन । कथा फाइनल भएपछि भूमिका मन परेको खण्डमा अवश्य पनि गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment