+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

होली उल्लासमय बनाउँदै टुबोर्ग, ‘लिमिटेड एडिसन क्यान’का साथ देशभर सांगीतिक कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ४ गते १९:११

४ चैत, काठमाडौं । रङहरुको पर्व होली नजिकिएको छ । बसन्त ऋतुको फागु पूणिर्मा पर्ने होली नेपालसहित भारतसमेत उल्लसाहका साथ मनाइन्छ । नेपालको हकमा गोर्खा ब्रुअरीको उत्पादन टुबोर्ग बियरले होलीलाई विशेष किसिमले प्रवर्द्धन गर्ने गरेको छ ।

पहिले पहिले घर, टोल र गल्लीमा परिवारका सदस्य, छरछिमेकबीच रङ दलेर यो पर्व मनाइन्थ्यो । तर, अब रङ-अविरका साथ गीत-संगीत, खानपान, नाचगान यो पर्वको अभिन्न अंग बन्दै गएको छ ।

‘गल्ली टेण्ड’ बिस्थापित हुनुमा सांगीतिक तथा लाइभ म्युजिक कन्सर्ट पार्टीको विकास पनि एउटा कारण हो ।  टुबोर्गले यस्तै कार्यक्रमलाई लक्षित गरेर होली लिमिटेड एडिसन क्यान बियर ल्याएको छ । कम्पनीले आफ्नो उत्पादनका साथै होलीलाई पनि मोडर्न बनाउँदै युवामाझ यसको महत्व बढाएको दाबी गर्छ ।

काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानमा लाइभ म्युजिक कन्सट, डान्स पार्टी आयोजना गर्दै टुबोर्गले होलीमा रमाउने माहोल सिर्जना गर्दै आएको कम्पनीको भनाइ छ ।

अन्तर्राष्ट्रिय ब्राण्ड टुबोर्ग नेपालमा गोर्खा ब्रुअरी प्रालिले सन् १९९० मा भित्र्याएको हो । तत्कालीन समयदेखि नेपालमा बियर मार्केटमा एक छत्र राज गर्न सफल छ टुबोर्ग ।

विश्व परिवेशमा भने सन् १८८० देखि नै उपभोक्ताहरुले टुबोर्गको स्वाद लिँदै आएको बताइन्छ ।  टुबोर्ग विभिन्न भेराइटी शैली र अल्कोहलको मात्रामा उपलब्ध छ । सन् २०१४ मा टुबोर्ग पुलअप क्यापको अपार सफलता मिलेको कम्पनी बताउँछ ।

टुबोर्ग र होली

होलीको पौराणिक र धार्मिक महत्व त छँदैछ । तर, सामाजिक महत्व पनि कम छैन । त्रेता यूगमा भगवान विष्णुका परम भक्त एवं हिरण्यकश्यपुका पुत्र प्रहृलादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आफैं आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि विजय उत्सवका रुपमा होली मनाउन थालिएको मानिन्छ ।

नेपालको हकमा सन् २०१० अघिसम्म यो पर्व पावारका सदस्य, छरछिमेकका साथ रङ-अविर, लोला, पानी छ्यापेर मनाउने गरिन्थ्यो । सन् २०१०-२०१४ को अवधिमा युवाहरुले यसलाई साथीसंगीसँग बढी महत्व दिन थाले ।

तर, तरिका भने उस्तै थियो । सन् २०१४ पछि भने होलीले आधुनिक लय समात्न थाल्यो । युवाहरु लाइभ म्युजिक कन्सर्टतर्फ तानिन थाले ।

युवाहरुबीच यसरी होलीको महत्व बढ्नुमा र यो पर्व उल्लासमय बन्नुमा टुबोर्गले आफ्नो विशेष भूमिका रहेको दाबी गर्छ ।  गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर बैभव शर्मा भन्छन्, ‘टुबोर्गले होलीमा अभूतपूर्व माहोल सिर्जना गर्दै आएको छ, थोरै ठाउँमा हुने म्युजिकल कार्यक्रम देशभर गर्न थालेको छ, होली मनाउने माहोल टुबोर्गले बनाइदिँदै छ, टुबोर्गको लिमिटेड एडिसनको क्यानले होली पर्वसँगको रमाईलो सम्बन्ध झल्काउँछ ।’

पहिले पहिले पारिवारका सदस्य, इष्टमित्रमा सीमित रहेको पर्वको दायरालाई टुबोर्गका प्रवर्द्धनात्मक कार्यक्रमले फराकिलो बनाएको उनी बताउँछन् । ‘यो पर्वको विकसित ट्रेण्ड हो- घुमघाम, लाइभ म्युजिक कन्सर्ट, रङ-अविरका साथ टुबोर्ग क्यान बियर’, उनी प्रष्टाउँछन् ।

सन् २०१५ मा टुबोर्गले पहिलो पटक होलीलाई लक्षित गरेर ‘मनाऔं होली रमेर’ क्याम्पेन शुरु गर्यो । ‘खोलौं टुबोर्ग रमेर …जहाँ भएपनि’ नामक स्लोगनले कम्पनीको बजार प्रवर्द्धनमा पनि राम्रैसँग सघाएको मार्केटिङ डाईरेक्टर बैभव बताउँछन् ।

‘हामीले होलीलाई नै लक्षित गरेर सेतो ‘होली टिसर्ट’ बनायौं र उपभोक्तामा बाँड्यौं, हामीले शुरु गरेको सेतो होली टिसर्टको ट्रेण्ड अहिले धेरैले पछ्याएका छन्’, उनी भन्छन् ।

उत्पादनको प्रवर्द्धन मात्र नभएर पर्व मनाउने माहोल सिर्जना गर्न पनि यस्ता ‘क्याम्पेन’ प्रेरणा बन्ने कम्पनीको भनाइ छ । सन् २०१६ र १७ मा टुबोर्गले उही स्लोगनमा होलीका लागि आफ्नो लिमिटेड एडिसन क्यान बियर ल्यायो ।

२०१८ मा भने ‘मनाऔं द-बङ होली रमेर’ स्लोगन दिएको टुबोर्गले यस वर्ष उत्पादनको बजार प्रवर्द्धनलाई थप विस्तार गर्दै होली विशेष ‘लिमिटेड एडिसन’ क्यान बियर बजारमा ल्याएको छ ।

हेर्दा नै होलीको माहोल देखिने गरी रङहरु पोतेर डिजाइन गरिएको क्यान बियर ‘लिमिटेड एडिसन’ हो । होलीमा टुबोर्गको विद्यमान फोरजी क्यानका साथ लिमिटेड होली क्यान बियर बजारमा उपलब्ध हुनेछन् ।

‘देशभर टुबोर्गको कन्सर्ट’

यसवर्ष टुबोर्गले देशभरका एक सय भन्दा बढी स्थानमा होली इभेन्ट्स आयोजना गर्दैछ । साथमा टुबोर्गले ‘होली थिम’को टिसर्टलाई पनि निरन्तरता दिँदैछ ।

काठमाडौ, ललितपुर, भक्तपुर, धुलिखेल, किर्तिपुर, भैरहवा, बिराटनगर, बिर्तामोड, बुटवल, दाङ, धनगढी, धुलिखेल, नेपालगञ्ज, पोखरा, नारायणघाट, धरान, ईटहरी, हेटौंडा तथा अन्य शहरहरुमा टुबोर्गद्वारा प्रायोजित सांगीतिक कार्यक्रमहरु हुनेछन् ।

टुबोर्गले सामाजिक सञ्जालहरुमा पनि दुई वटा प्रतियोगिता आयोजना गरेको छ । फेसबुकमा गरिएको प्रोफाईल पिक्चर फ्रेम कन्टेस्ट एक हो, जसमा प्रतियोगीहरुलाई देशभरका कार्यक्रमहरुको निःशुल्क टिकट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

होलीको वातावरणलाई अझै जिवन्त बनाउन प्रोफाईल पिक्चर फ्रेम तयार गरिएको मार्केटिङ डाइरेक्टर वैभव बताउँछन् ।
‘सामाजिक सञ्जालमा लोकप्रिय भईरहेको अर्को प्रतियोगिता भने ‘गोल्डेन टिकट’ जित्नको लागि हो’, उनले भने ।

उनका अनुसार यस कन्टेस्टको विजेताले पनि आफ्नो ईच्छा अनुसार देशभरका पाँच कार्यक्रमहरुको टिकटको साथै निःशुल्क बियर कुपनहरु प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?