Comments Add Comment

निर्मला पन्त हत्या प्रकरण : पूर्वएसपी विष्ट अदालत हाजिर

५ चैत, कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । उनी मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् ।

यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । ‘दुई जनामध्ये विष्ट मात्र अदालतमा आउनु भएको छ,’ अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले अनलाइनखबरसँग भने ।

निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन् । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment