Comments Add Comment

गोल्डेन बुटको रेसमा मेस्सीको अग्रता, प्रतिस्पर्धामा एम्बाप्पे मात्र

काठमाडौं । ला लिगामा रियल बेटिसविरुद्ध सिजनकै उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाका स्टार लियोनल मेस्सीको गोल्डेन बुटमा दावेदारी बलियो भएको छ । प्रमुख प्रतिस्पर्धी किलियन एम्बाप्पेलाई उनले पछाडि छाडेका छन् ।

यो सिजन ला लिगामा २९ गोल पुर्‍याएसँगै अर्जेटिनी खेलाडीको सम्मानमा इटाडियो बेनिटो भिल्लामरिन रंगशालामा उपस्थित दर्शकले स्ट्यान्डिङ अभेसन दिएका थिए । २८ राउन्ड खेल सकिँदा र २६ म्याचमा प्रतिस्पर्धा गर्दा मेस्सी ३० गोलको नजिक पुगिसकेका छन्, जुन आफैंमा असाधारण हो । यो प्रदर्शनले उनलाई वितेको दशकको तेस्रो गोल्डेनबुटको प्रमुख दावेदार बनाएको छ ।

सिजनको यो स्टेजमा मेस्सीलाई गम्भीर चुनौती दिन सक्ने एक मात्र खेलाडी एम्बाप्पे हुन् ।

फ्रेन्चम्याचले अधिकांश समय मेस्सीलाई टक्कर नै दिइरहेका थिए तर, अहिले पछि परेका छन् । मेस्सी उनीभन्दा ६ अंकले अगाडि छन्, जुन तीन गोल बराबर हो ।

पेरिस सेन्ट जर्मेनका फरवार्डले लिग १ को २२ खेल खेलेर २६ गोल गरेका थिए । अब लिगमा उनले १० राउन्ड खेल्न बाँकी छ ।

यूरोपको ठूला लिगहरुबाट उच्च गोलकर्ताको निर्णय गर्न अब १० म्याच बाँकी छ । फबियो कुआग्लीयरेल्ला, क्रिस्टियानो रोनाल्डो, क्रेजिस्ज्तोफ पियाटेक र कुन अगुइरा पनि उच्च गोलकर्ताको दौडमा छन् तर, उनीहरुले मेस्सीलाई टक्कर दिने क्षमता राख्दैनन् । त्यसैले अर्को अवार्डका लागि मेस्सीलाई रोक्न सक्ने एक मात्र खेलाडीको रुपमा एम्बाप्पेलाई लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment