+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

मुनाफा फिर्ता लैजाने कुराको हामी ग्यारेन्टी गर्छौ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ५ गते १७:३४

५ चैत, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी लगानीकर्ताले यहाँ लगानी गरे मुनाफा फिर्ता लैजाने कुराको सरकारले ग्यारेन्टी गर्ने बताएका छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले पुँजी सुरक्षा र मुनाफालाई सुरक्षित रुपमा आफ्नो देशमा लैजाने कुराको प्रत्याभूति गर्न सरकार तयार रहेको बताएका हुन ।

उद्योग मन्त्री मात्रिका यादवको तर्फबाट ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक’ माथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले संविधान र ऐनहरूले नै निजी सम्पत्तिको प्रत्याभूति गरेको स्मरण गरे । संसदबाट हालै पारित उधोगी व्यावसायी, सार्वजनिक निजी साझेदारी तथा लगानी बोर्डसँग सम्बन्धित ऐनहरूमा पनि मुनाफा कमाउन पाउने कुराको सुनिश्चित गरिएको उनको भनाइ छ ।

सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको पूर्व सन्ध्यामा पारित गर्न लागेको विधेयकमाथिको छलफलमा भाग लिंदै सांसद राधेश्याम अधिकारीले सरकारले ढुक्क हुने वातावरण नबनाएसम्म सम्मेलन आयोजना गरेर मात्रै लगानीकर्तालाई आकषिर्त गराउन नसकिने बताए ।

लगानीकर्ताले लगानी अनुसारको फाइदा, सुरक्षा, फाइदा आफ्नो देशमा लैजान सकिने अवस्था, विवाद पर्दा अदालतले गर्ने व्याख्या र प्रष्ट श्रम कानून भए नभएको विषयमा संसदमा प्रश्न उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?