
६ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मबारे जनमत संग्रह गर्न सबैले सरकारमाथि दबाव बढाउनुपर्ने बताएका छन् ।
टोखास्थित आफ्नै निवासमा बुधबार होलीको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले जनमत संग्रहको वकालत गरेका हुन् । धर्मिक स्वतन्त्रता वा धर्मबारे जनमत संग्रह गर्ने गर्ने दुई विकल्प रहेको भन्दै उनले भने, ‘कांग्रेसको चार तारे झण्डाको एउटा तार धर्म स्वतन्त्रताका लागि हो । धर्म न स्वतन्त्र हुन्छ न सापेक्ष हुन्छ ।’
आफूलाई तीन पटक जिताएर पठाएका धेरै जनता हिन्दु धर्मावलम्बी रहेको भन्दै उनले भने धार्मिक स्वतन्त्रता नभन्ने हो भने जनमत संग्रह गर्नुपर्ने बताए । उनले भने, ‘जनमत गराउनुपर्यो, जसमा पार्टीले हस्तक्षेप गर्नु हुँदैन ।’
धर्म निरपेक्षिता लेखिँदा कोही नबालेको भन्दै उनले जनमत संग्रहका लागि सबैले सरकारलाई दबाव दिनुपर्ने बताए ।
प्रतिक्रिया 4