७ चैत, काठमाडौं । नेपालले आज मैत्रीपूर्ण फुटबल खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले कुवेतसँग अली शाहव रंगशालामा कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार राति ९ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
गत महिनादेखि राष्ट्रिय टोली सम्हालेका मुख्य प्रशिक्षक योहान कालिनको यो पहिलो खेल हो । मुख्य प्रशिक्षक कालिनका लागि यो परिक्षण पनि हो ।
कुवेतविरुद्ध मैदान उत्रिँदा नेपालको जित्ने लक्ष्य रहेको छ । निकै लामो समयपछि नेपाल र कुवेत एक अर्कासँग आमने सामने हुन लागेका हुन् ।
नेपाल र कुवेत करिब १९ वर्षपछि एक अर्कासँग प्रतिस्पर्धा गर्दै छन् । यसअघि नेपालले कुवेतसँग सन् २००० मा एएफसी एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल कुवेतसँग ५-० ले पराजित भएको थियो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक कालिनले कुवेतविरुद्ध जित निकाल्ने दाबी गरेका छन् । ‘हाम्रो लागि यो खेल निकै महत्वपुर्ण छ । हामी जितको लागि खेल्ने छौं ।’
मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भएसँगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले दोस्रो मैत्रिपूर्ण खेल आगामी मंगलबार खेल्नेछ ।
नेपाली टोली
गोलकिपर : किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ
डिफेन्डर : रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल, विराज महर्जन, सरोज दाहाल, देबेन्द्र तामाङ
मिडफिल्डर : रवि पासवान, टंक बस्नेत, सन्तोष तामाङ, बिक्रम लामा, बिशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ
फरवार्ड : रञ्जन विष्ट, सुमन लामा, भरत खवास, विमल राना, नवयुग श्रेष्ठ, आशिष लामा
प्रतिक्रिया 4