काठमाडौं । मैत्रिपूर्ण फुटबलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको छ ।
घरेलु मैदानमा भएको खेलमा कुवेत नेपालमाथि हावी भएको थियो तर, गोलरक्षक किरण चेम्जोङको केही उत्कृष्ट बचाउ गरे । खेल अवधीभर कुवेतले गोलका लागि परेको प्रयास मध्ये ६ वटा सही दिशामा थियो भने नेपालले एक पटक मात्र त्यस्तो अवसर बनाएको थियो ।
नेपालका रवि पासवानले डेब्यू गरे । उनी ६१ औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गरेका थिए ।
अर्को खेल २५ मार्चमा हुनेछ ।
प्रतिक्रिया 4