
१० चैत, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार सल्यान जिल्लाको श्रीनगर स्थित आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।
सल्यान जिल्लाको श्रीनगर र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्धेश्यले खोलिएको शाखाको कणर्ाली प्रदेशका माननीय आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले औपचारिक उद्घाटन गरे ।
उक्त शाखाको औपचारिक समुद्घाटन गर्दै ज्वालाले श्रीनगर तथा वरपरको क्षेत्रको आर्थिक विकास तथा गतिविधी र बैंकिङ सेवाको पहुँचको लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरेकोमा खुसी व्यक्त गर्नुका साथै यस क्षेत्रको आर्थिक विकासमा ग्लोबल आईएमई बंैकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा बताए ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, बुद्घजिीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । श्ााखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीनगर, सल्यान शाखा विस्तार गरेर यस क्षेत्रमा संकलन भएको निक्षेप यसै क्षेत्रमा लगानी गर्ने र व्यापार व्यवसाय विस्तार गर्न सहयोग गर्ने र साथसाथै बैकिङ्ग पहुँच नपुगेको स्थानमा समेत बैकिङ्ग पहुँच पुुर्याउने कुरा बताए ।
प्रतिक्रिया 4