Comments Add Comment

सहमतिपछि लामोसाँघु–जिरी सडक निर्माण सुरु

१२ चैत, सिन्धुपाल्चोक । लामो समयदेखि रोकिएको लामोसाँघु जिरी सडक निर्माण फेरि सुरु भएको छ ।

काम गरेको रकम भुक्तानी नभएको र सुरक्षा नभएको भन्दै निर्माण व्यवसायीले रोकेको काम डिभिजन सडक कार्यालय चरिकोटका प्रतिनिधि, स्थानीय सरकार र निर्माण व्यवसायीबीचको छलफलपछि सञ्चालन भएको हो । सहमतिअनुसार डिभिजन कार्यालयले गरेको कामको भुक्तानी तुरुन्तै दिनुपर्नेछ ।

सडक छेउका स्थानीयले पटक पटक काम गर्ने मजदुरहरुलाई कुटपिट गर्ने, ज्यान मार्ने धम्की दिने गतिविधि नरोकिएपछि सुरक्षा नहुँदा सम्मका लागि काम रोकिएको निर्माण कम्पनीले जानकारी दिएको थियो ।

निर्माण पक्षले तीन करोड बढीको काम गरे पनि बिलको भुक्तानी पनि नभएको पनि जनाएको थियो । त्रिपक्षीय छलफलमा कामको भुक्तानीको प्रक्रिया अघि बढाउने सुनकोशी गाउँपालिका र लिसंखुपाखर गाउँपालिका भित्रको क्षेत्रमा स्थानीयबाट हुने अवरोध हुन नदिने प्रतिबद्धता पछि आफूहरु काम गर्न सहमत भएको निर्माण कम्पनीका साइट इञ्चार्ज लोकबहादुर श्रेष्ठले जानकारी दिए ।

स्थानीय प्रशासनले आवश्यक परेमा सडक निर्माणस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गर्नै प्रतिबद्धता गरेपछि निर्माण व्यवासयी काममा फर्कन तयार भएका थिए ।

निर्माण व्यवसायीहरुले गरेको ग्राभेल गुणस्तर नभएको भन्दै सडक कार्यालयले काम गरेको रकम भुक्तानी दिएको थिएन ।

निर्माण कम्पनी गौरी पार्वतीले खाडीचौरदेखि माथि तीन किलोसम्म गरेको ग्राभेल निकालेर पुन अर्को ग्राभेल गर्नै पनि सहमति भएको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख धर्मेन्द्र झाले जानकारी दिए ।

‘सडक कार्यालयले गुणस्तरहीन काम भएको भनेको स्थानमा हामी फेरि काम गर्न तयार छौं, सडक कार्यालय पनि भुक्तानीको प्रक्रिया अघि बढाउन तयार भएपछि काम सुरु गरेका छौं’ साइट इञ्चार्ज श्रेष्ठले भने ।

लामोसाँघु जिरी सडक खण्डको खडिचौरदेखि माथी यतिबेला धमाधम सडक कालोपत्रेको तयारीको लागि सब ग्रेड, सब बेस(ग्राभेलिङ) र बेस को काम भइरहेको छ । खाडिचौर माथि साढे १८ किलोमिटर सडकमा बेसको काम सकिएको निर्माण व्यवसायी सिमाञ्चाल, गौरी पर्वती सुनौला खिम्ती जेभीका साइट इञ्चार्ज लोकबहादुर श्रेष्ठ ले जानकारी दिए ।

खाडीचौरदेखि १२ किलोसम्म सब बेस, १७ किलोसम्म सब ग्रेड र १८ किलोसम्म स्टक्चरको काम भइरहेको र अब केही दिन पछि कालोपत्रे सुरु गरिने श्रेष्ठले जानकारी दिए ।

पुरै सडक कालोपत्रे नहुने

दुई वर्षभित्र लामोसाँघु जिरी सडक खण्डको ५५ किलोमिटर सडक स्तोरन्नती र कालोपत्रे गर्ने गरी ठेक्का दिएप नि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण ५ वर्ष बित्नै लाग्दा पनि सडकको काम सकिएको छैन ।

सरकारी ढिलासुस्ती, भूकम्प नाकाबन्दी र ठेकेदारहरुको आन्तरिक समस्याका कारण सडक समयमा नै नसकिएको हो । सरकारले अन्तिम पटकको लागि २०७६ असारसम्म म्याद थपे पनि थपिएको म्यादभित्र पनि सडक कालोपत्रे नहुने निश्चितजस्तै भएको छ ।

निर्माण कम्पनीले यो वर्ष बढीमा १३ किलोमिटरसम्म मात्रै कालोपत्रे गर्न सक्ने जानकारी दिएको छ । ‘हामी सकेसम्म म्यादभित्रै काम सक्नको लागि प्रयासरत छौं तर अहिलेको अवस्था हेर्दा १२ किलोसम्म मात्रै कालोपत्रे गर्न सक्ने देखिएको छ’ साइट इञ्चार्ज लोकबहादुर श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment