
१३ चैत, पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रोक्का गरेको सोलो प्याराग्लाइडिङ २० दिनपछि फुकुवा भएको छ । क्यान केन्द्रीय कार्यालयको चैत १० गते बसेको बैठकले उडान फुकुवा गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय सोलो उडानको क्रममा लगातार दुर्घटना हुन थालेपछि नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले फागुन २१ गतेबाट उडान बन्द गरेको थियो । सोलो प्याराग्लाइडरले नियमभन्दा बाहिर गएर उडान भर्ने गरेको भन्दै प्राधिकरणले उडान बन्द गरेको थियोे ।
फागुन अन्तिम सातामा भएको सोलो प्याराग्लाइडिङ दुर्घटनाबाट २ जना विदेशीको ज्यान गएको थियो भने २ जना घाइते भएका थिए ।
प्राधिकरणले सोलो उडानका बेला दुर्घटना भएको भन्दै फ्रन्टियर्स प्याराग्लाइडिङ र ब्लु स्काई प्याराग्लाइडिङको उडान अनुमतिसमेत रद्द गरिदिएको थियो ।
कास्कीमा सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र डिकीडाँडाबाट प्याराग्लाइडिङ उडाउन अनुमति छ ।
प्रतिक्रिया 4