
१८ चैत, काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली मेडिकल उपकरणसहित बारा पुगेको छ । आँधीहुरीमा घाइते भएकाहरुको उपचार तथा उद्धारका लागि हेलिकप्टरबाट चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली बारा गएको हो ।
अर्को मेडिकल टोली भेन्टिलेटर सहितको एम्बुलेन्समा त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि विरामीहरुको आवश्यक सहयोग र समन्वयका लागि बारामै रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4