+

युभेन्टसलाई रोक्यो आयाक्सले

२०७५ चैत  २८ गते ६:४९ २०७५ चैत २८ गते ६:४९
युभेन्टसलाई रोक्यो आयाक्सले

२८ चैत, काठमाडौं । इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा आयाक्ससँग बराबरी खेलेको छ ।

बुधबार राति भएको पहिलो लेगमा नेदरल्यान्ड्सको आयाक्सले युभेन्टसलाई बराबरीमा रोक्न सफल भएको हो । युभेन्टसका लागि क्रिष्टियानो रोनाल्डोले गोल गरे । यता, आयाक्सका डेभिड नेरेशले गोल गरे ।

रोनाल्डोले गोल गरेपनि युभेन्टसले जित हात पार्न भने सकेन । पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफको सुरुवाती समयमै गोल खान पुग्यो ।

खेलको ४५औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर खेलको ४६औं मिनेटमा युभेन्टसले गोल खान पुग्यो । डेभिडले गोल गरेपछि आयाक्सले खेल १-१ गोलको बराबरीमा ल्याएको थियो ।

बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल १-१ गोलकै बराबरीमा टुंगिएको हो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय