+
+

राजधानीको टुंगो ०७६ सालभित्रै : प्रवक्ता चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २८ गते १४:२४

२८ चैत, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले स्थायी राजधानीका विषयमा बाहिर नबोल्न निर्देशन दिंदै आएपनि प्रदेश ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले प्रदेशको राजधानी बुटवल नै उपयुक्त भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल, वुद्ध जन्मस्थल लुम्बिनी,यातायातको केन्द्र आदि राजधानीका लागि आवश्यक पूर्वाधारहरुका हिसाबले बुटवललाई नै स्थायी राजधानी बनाउन उपयुक्त हुने उनले तर्क गरे । ‘राजधानीका विषयमा मुख्यमन्त्रीले बाहिर नबोल्न भनेपनि मेरो अभिमत बुटवलमै हुनुपर्छ भन्ने हो,’ रुपन्देही ब्यापार संघले आयोजना गरेको कार्यक्रममा भौतिक पूर्वाधार तथा विकासमन्त्री चौधरीले भने, ‘बुटवलको सडक डिभिजन परिसरलाई नै प्रदेशको मुख्यालय बनाउन बनाउन सकिन्छ ।’

सडक डिभिजन परिसरमा १५ बिघा बढी जग्गा रहेको छ । उक्त परिसरमा अहिले भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, मुख्यमन्त्री निवास रहेको छ ।

प्रवक्ता चौधरीले ०७६ सालभित्रै प्रदेशको नामाकरण र राजधानीको विषय अन्त्य हुने बताएका छन् । राजधानी र नामाकरणका लागि प्रदेशसभाबाट गठित विशेष समितिले अन्तिम प्रतिवेदन तयार गरिरहेको बताउँदै अबको बैठकमा उक्त विषयले प्रवेश पाउने उनले बताए ।

विशेष समितिले १२ जिल्लामा गएर ल्याएको सुझावका आधारका राजधानीको विषय टुंगिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?