२९ चैत, काठमाडौं । पाकिस्तानको क्वेटामा शुक्रबार बिहान शक्तिशाली बम विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन् ।
पाकिस्तानको प्रहरीले क्वेटाको खुला बजारमा शक्तिशाली बम विस्फोट हुँदा मानवीय क्षति भएको पुष्टि गरेको छ ।
अल्पसंख्यक सिई मुस्लिमको बसोबास क्षेत्र नजिकै विस्फोट भएको त्यहाँका प्रहरी प्रमुख अब्दुर रजाक चिमालार उद्धृत गर्दै एपीले समाचार लेखेको छ ।
उनले उद्धारकर्ताहरुले घाइतेको उद्धार गरिरहेका बताएका छन् ।
विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।
पाकिस्तानमा यसअघि पनि यस्ता विस्फोट हुने गरेको थियो । अधिकांश विस्फोटका जिम्मेवारी सुन्नी अतिवादी समूहले लिने गरेको थियो ।
सिईहरु मार्नका लागि लायक हुने अतिवादी मान्यता सुन्नीहरुमा भएकाले यसमा उनीहरुकै संलग्नता रहेको अनुमान गरिएको छ ।