+
+

दर्शकले भने–‘यात्रा उत्कृष्ट फिल्म’

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २९ गते १२:४२

आज शुक्रबारदेखि देशभर हलमा रिलिज भएको ‘यात्रा’लाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । शुक्रबार बिहान काठमाण्डौको गोपीकृष्ण मुभिजमा पुग्दा दर्शकले चलचित्रलाई उत्कृष्ट भने । चलचित्र कस्तो लाग्यो, दर्शकसँग यो प्रश्न सोध्दा प्रतिक्रिया आयो–‘चलचित्रले मन छोयो ।’

कतिपय दर्शकले नायक सलिनमान बनियाँको कामलाई तारिफ गरे । कतिपय दर्शकले आँखा नदेख्ने गायिकाको भूमिकामा देखिएकी नायिका मलिका महत्तको कामको तारिफ गरेका छन् ।

चलचित्रमा नायक बनियाँले गरेको एक्सनलाई पनि दर्शकले रुचाएका छन् । दर्शकले चलचित्र पूर्ण रुपमा एउटा राम्रो प्याकेज भएको प्रतिक्रिया दिएका छन् । दर्शकको प्रतिक्रिया वुझेपछि निर्माता सुशिल पोखरेलले आफूहरुले राम्रो चलचित्र बनाएको बताउँदै दर्शकको प्रतिक्रियाबाट उत्साहित भएको बताए ।

सम्राट शाक्यको निर्देशनमा तयार भएको चलचित्रमा नायक सलिनमान बनियाँ, नायिका मलिका महत्त, कलाकार सलोन बस्नेत लगायतको मुख्य भूमिका छ । चलचित्रले प्रेमको साथमा सामाजिक कथालाई पनि उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?