+
+

इन्टरनेट सेवा प्रदायक संस्था सरकारविरुद्ध आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २९ गते १२:५४

२९ चैत, काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्थाहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् । टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई विनाप्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायक संस्थाहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन ।

टेलिभिजन प्रशारक संस्थालाई विना प्रतिस्पर्धा नियम विपरीत इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि त्यसप्रति आपत्ति जनाउँदै उनीहरुले शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल दूर सञ्चार प्राधिकरणको कार्यालयमा धर्ना समेत दिएका छन् ।
नियम, कानुन विपरीत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा टिभी प्रशारणको अनुमति लिएका कम्पनीलाई दिने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन गरेको इन्टरनेट सेवा प्रदायक संघ, नेपालका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

सरकारले हाल नेपाल दूर संचार प्राधिकरणबाट इन्टरनेट सेवा सञ्चालन गर्ने अनुमति दिइरहेको छ । अव सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैले सो काम गर्न लागेकोमा पनि आफूहरुको आपत्ति रहेको संघका अध्यक्ष भट्ट बताउँछन् ।

इन्टरनेट सेवा प्रदायक संस्थाहरुले आफूहरुले सहज रुपमा इन्टरनेट सेवा उपलब्ध गराइरहँदा पनि सरकारले विकल्प खोजेको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

उनीहरुले इन्टरनेट सेवा आफूहरुबाट सञ्चालन गर्ने कानुनी व्यवस्थाको उलंघन नगर्न सरकारलाई सचेत गराउँदै शुक्रबारनै नेपाल दूर संचार प्राधिकरणमा ज्ञापन पत्र पनि बुझाएका छन् । संघका अध्यक्ष भट्टले सरकारले आफूहरुको माग सम्बोधन नगरे कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?