+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘झण्डा दिवस’मा ३ सञ्चारकर्मी सम्मानित, प्रसाईको फोटो उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २ गते ८:२०

२ वैशाख, काठमाडौं । नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले तीन नेपाली संचारकर्मीलाई सम्मानित गरेको छ ।

नेपाली नयाँ वर्षलाई अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसका रुपमा मनाउँदै आएको प्रतिष्ठानले डायस्फोरामा रही नेपाली कला र संस्कृतिलाई योगदान दिएका सञ्चारकर्मीहरूलाई सम्मान गरेको हो।

प्रतिष्ठानले पुरु जोशी, वसन्त रानाभाट र विजय थापालाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’को मानार्थ उपाधिबाट सम्मान गरेको हो । जोशी दक्षिण कोरिया, रानाभाट स्पेन र थापा अमेरिकालाई कर्मथलो बनाउँदै आएका छन्।

प्रतिष्ठानका अध्यक्ष नवराज पोखरेलले विदेशमा रही नेपाली कला, साहित्य र संस्कृतिमा योगदान दिएकाले सम्मान गरिएको जानकारी दिए ।

रोमानियाका लागि अवैतनिक वाणिज्यदूतसमेत रहेका पोखरेलले प्रतिष्ठानले अन्तर्राष्ट्रिय टोपी दिवस जस्तै केही वर्षयता नेपाली नयाँ वर्षमा झण्डा दिवस पनि मनाउन लागेको जानकारी दिए ।

यसैबीच, स्पेन निवासी जीवन प्रसाईको झण्डासहितको फोटो उत्कृष्ट बनेको छ। प्रतिष्ठानले अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसमा आयोजना गरेको फोटो प्रतियोगितामा प्रसाईको फोटो उत्कृष्ट बनेको हो।

प्रसाईलाई पनि ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’को मानार्थ उपाधिले सम्मान गरिने प्रतिष्ठानले जनाएको छ। प्रतियोगिताका लागि संसारभर छरिएर रहेका नेपालीहरुले लोकप्रिय भाईवर ग्रुप चौतारी र दौतरीमा नेपाली झण्डा सहितको फोटो पोष्ट गरेका थिए।

यसअघि ईटलीका दिनेश बाला श्रेष्ठ, बेल्जियमका दीपक न्यौपाने र फ्रान्सका निर्मल अर्याल ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मानित बनेका थिए।

यसपटक पनि मानार्थ उपाधिले सम्मानित चारै जनालाई प्रतिष्ठानको सदस्यता प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?