Comments Add Comment

‘वीर विक्रम २’ गीतः पल र वर्षाको वाचा–कसम

जेठ ३ गतेलाई प्रदर्शन मिति तोेकेको चलचित्र ‘वीर विक्रम २’को दोश्रो गीत ‘वाचा कसम’ सार्वजनिक भएको छ । यो गीतले विशेषगरि, प्रेममा परेपछि खाइने वाचा र त्यसलाई निभाउन प्रेमी प्रेमिकाले कतीसम्म त्याग गर्न सक्छन् भन्ने भन्न खोजेको छ । चलचित्रको यो गीतलाई नरेश भट्टराइले लेखेका हुन् । ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा तारा र दीपा लामाको स्वर छ ।

चलचित्रको यो गीतमा नायक पल शाह र नायिका वर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ । गीतको भिडियोलाई कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा पल र बर्षाको साथमा नायक नाजिर हुसेनको पनि मुख्य भूमिका छ ।

चलचित्र ‘वीर विक्रम २’लाई सुदिप कँडेलले खिचेका हुन् । यो चलचित्रलाई अजरबैजानको रमणीय लोकेशनमा खिचिएको हो । चलचित्रको शब्दमा गहिराई छ । चलचित्रको यसअगाडि सार्वजनिक ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतले दर्शकको राम्रै मन जितिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment