+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सेयर बजारमा सामान्य वृद्धि, ८२ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ४ गते १५:४०

४ वैशाख, काठमाडौं । मङ्गलबार दोहोरो अंकले उकालो लागेको सेयर बजारमा बुधबार भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३२ विन्दुले बढेर २६१.५७ विन्दुमा पुगेको छ । बुधबार कुल १७१ कम्पनीका २८ लाख एक हजरा ६१३ कित्ता सेयर रु ८२ करोड १६ लाख ९८ हजार १० मा खरीदबिक्री भए ।

कारोबार भएका दश उपसमूहमध्ये बैङ्किङ ८.९३, होटल १.६३, विकास बैंक ४.०९ र जीवन बीमा ३९.१९ विन्दुले बढेका छन् । त्यस्तै जलविद्यतु् ०.४४, वित्त ०.१३, निर्जीवन बीमा ९.३८, उत्पादन ८.४२, अन्य ०.२७ र लघुवित्त १४.०२ विन्दुले घटेका छन् ।

कारोबार रकमका आधारमा आज पनि एनएमबी बैंक शीर्ष स्थानमा पुगेको छ । एनएमबीको रु सात करोड २६ लाख १५ हजार १५१, एनआइसी एसियाको रु चार करोड ५४ लाख ७७ हजार ८००, नेपाल बैंक लिमिटेडको रु चार करोड ३३ लाख ६६ हजार ७९९, प्रभु बैंक लिमिटेडको रु चार करोड ३१ लाख ५९ हजार १८३ र कुमारी बैंक लिमिटेडको रु तीन करोड ८८ लाख तीन हजार ६५१ बराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सिभिल लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.७५, युनिभर्सल पावर कम्पनी ५.५६, युनाइटेड फाइनान्स ४.६६, नबिल इक्विटी फण्ड ४.५० र चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.४६ प्रतिशतले कमाए ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका सेयर धनीले ४.०८, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.८५, महिला सहयात्रा लघुवित्त वित्तीय संस्था ३.७८, सामुदायिक लघुवित्त वित्तीय संस्था ३.५५ र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयरधनीले ३.३८ प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?