+
+

प्रेम सञ्जेललाई अख्तियारको पत्र

यस्तो रहेछ पत्र लेख्नुको कारण

हरि अधिकारी हरि अधिकारी
२०७६ वैशाख ४ गते १९:३९

४ वैशाख, विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई तीन दिनभित्र उपस्थित हुन पत्र काटेको छ ।

निर्वाचन आयोग, क्षेत्रिय कार्यालय विराटनगरमा रहँदा काम नगरी एक महिनाको तलब भत्ता लिएको उजुरी परेपछि अख्तियारले सञ्जेलको नाममा पत्र कोटेको हो ।

उजुरी परेपछि अख्तियारका अनुसन्धान अधिकृत राजु अधिकारीले उपस्थित हुन मौखिक आग्रह गरेका थिए ।

पटकपटक फोन आएपछि सञ्जेलले लिखित पत्र मागे । पत्र पाउनासाथ सञ्जेलले सामाजिक सञ्जालमार्फत सार्बजनिक गरेका थिए । ‘अनुसन्धान अधिकृतले हिजो अस्ति फोन गरेर बोलाउँदा मौखिक आग्रहमा आउदिन भने’ सञ्जेल भन्छन्, ‘पत्र पठाउनु भनेपछि अस्ती पत्र काटेको रहेछ, हिजो मैले पाएँ ।’

कार्यलय प्रमुखलाई सम्बोधन गरेर पत्र आएकाले जवाफ पठाउने सञ्जेलले बताए । ‘कार्यालय प्रमुख पनि मै हुँ, उजुरी परेको व्यक्ति पनि मै हुँ’ उनले भने, ‘म लिखित  जवाफ पठाउँछु ।’

श्रम तथा रोजगार कार्यालय विराटनगरमा आएको दुई महिना नबित्दै सरुवा भएपछि विरोधमा पत्रकार सम्मेलन गरी कडा अभिव्यक्ति दिएका सञ्जेल चर्चामा आए थिए । तर, सरकारले उनको आवाज सुनेन ।

सञ्जेल सर्वोच्च अदालतको आदेशबाट श्रम कार्यालय फर्किए ।

निर्वाचन कार्यालय विराटनगरको प्रमुख हुँदा पनि सञ्जेलको समय नपुगी सरुवा भएको थियो ।
निर्वाचन कार्यालयको नयाँ भवन चुहिएपछि भवन निर्माण गर्ने ठेकदारको भुक्तानी रोकिदिएका कारण आफ्नो सरुवा भएको सञ्जेलको दाबी छ ।

त्यसबेला पनि सर्वोच्चबाट पुनर्बहाली भएका उनले निर्वाचन कार्यलयमा दुई वर्ष विताए । अदालती प्रक्रियामा रहँदा उनले २०७३ साल फागुन १७ गतेदेखि चैत २३ गतेसम्म कार्यालयमा हाजिर गरेका थिएनन् ।

अदालतको आदेशपछि पुनर्बहाली भएका उनले हाजिर नगरेको अवधिको तलब र भत्ता बुझे । अदालतले फैसला गरेपछि पाउँदै आएको सुविधा कटौती नहुने सञ्जेलको तर्क छ ।

तर, त्यसलाई नै आधार बनाएर अख्तियारमा उजुरी परेको छ र तीन दिनभित्र अख्तियारको सम्पत्ति अनुसन्धान तथा मूल्यांकन महाशाखामा तीन दिनभित्र उपस्थित हुन पत्र आएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?