+
+

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफ्ट टेनिस बुटवलमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ५ गते २०:१४

५ वैशाख, बुटवल । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत रुपन्देहीमा राष्ट्रिय सफट टेनिस खेल शुरु भएको छ ।

बिहीबार देविनगरस्थित टेनिस कम्प्लेक्समा भएको उद्घाटन खेलको पुरुष एकलतर्फ प्रदेश नं. ५ का अभिषेक अमन झाले गण्डकी प्रदेश सुरज नगरकोटीलाई ४–० को सोझो सेटमा पराजित गरेका छन् ।

पुरुष एकलतर्फका बिहीबार भएका खेलमा प्रदेश नं. १ का अभिषेक कार्कीले प्रदेश नं. १ कै आभास बुढाथोकीमाथि ट्राइब्रेकरमा ७–२ को जित निकालेका छन ।

प्रदेश नं. १ का युकेश योन्जनले गण्डकी प्रदेशका राजकुमार थापालाई ४–१, नेपाल पुलिसका सुबोध अधिकारीले प्रदेश नं. ५ का शुभम खनाललाई ४–०, प्रदेश नं. ३ का शक्ति शर्माले प्रदेश नं. ७ का बिनोद शिरिषलाई ४–२, एपीएफका कुमार गिरीले प्रदेश नं. ३ का वृजेश पाण्डेलाई ४–०, गण्डकी प्रदेशका सुजन गुरुङले सुदुरपश्चिमाञ्चलका निरज थापालाई ४–१ ले पराजित गरेका छन् ।

त्यस्तै सुदुरपश्चिमाञ्चलका दिलिप गुप्ताले गण्डकी प्रदेशका आशिष खड्कालाई टाईबेकरमा ९–७, प्रदेश नं १ का आशिष बोहराले नेपाल पुलिसका बिनोद योगीलाई ४–२, एपीएफका उज्वल स्थापितले सुदुरपश्चिमाञ्चलका दीपक झालाई ४–२, नेपाल पुलिसका नौ बहादुर लुगेलीले एपीएफका सुमन लामालाई ४–०, नेपाल पुलिसका हरि बहादुर बस्नेतले एपीएफका निश्चल कायस्थलाई ४–२ ले पराजित गरेका छन् ।

प्रदेश नं. ५ का सुरज चौधरीले प्रदेश नं. ५ कै योगेश भण्डारीलाई ४–१, प्रदेश नं. १ का रनिश तामाङले प्रदेश नं. ३ का धर्म बहादुर घलेलाई ४–० र प्रदेश नं. ३ का प्रदिप खत्रीले एपीएफका राजेन्द्र श्रेष्ठलाई ४–० तथा सुदुरपश्चिमाञ्चलका रमेश पाण्डेले गण्डकी प्रदेशका विष्णु नेपालीलाई ४–१ ले जित निकालेका छन् ।

यसैगरी महिला एकलमा सुदुरपश्चिमाञ्चलका भावना पनेरुले प्रदेश नं. ७ का अश्मी धामीले ४–०, प्रदेश नं. १ का श्रीया योन्जनले गण्डकी प्रदशेका बिनिता जिसीलाई ४–०, नेपाल पुलिसका विश्ना भण्डारीले एपीएफका रोशिका पोखरेललाई ४–२, सुदुरपश्चिमाञ्चलका सिसम चन्दले एपीएफका कृतिका गिरीलाई ४–० तथा प्रदेश नं. १ का जर्जीया चौधरीले गण्डकी प्रदेशका स्वीकृति उदासलाई ४–१ को सेटमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?