+
+

बालबालिकाको तथ्यांकविनै प्रदेश २ मा भर्ना अभियान

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ६ गते १८:५८

६ वैशाख, जनकपुरधाम । अहिले देशभरजस्तै प्रदेश २ मा पनि विद्यालय भर्ना अभियान सुरु भएको छ । तर, प्रदेशसँग कति विद्यार्थी विद्यालय बाहिर छन् भन्ने तथ्यांक छैन । तथ्यांक संकलन गरी भर्ना अभियानलाई अगाडि बढाउनुपर्नेमा सिधै भर्ना अभियान सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार छ ।

प्रदेशमा कति बालबालिका विद्यालय बाहिर छन् ? यो प्रश्नको उत्तर न त सम्बन्धित मन्त्रीसँग छ न त सरकारी कार्यालयमा नै । प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रमुख मन्त्री नवलकिशोर साहले तथ्यांक बाहिर आइनसकेको बताए । ‘तथ्यांक संकलन गर्ने काम भइरहेको छ’ मन्त्री साहले अनलाइनखबरसँग भने, ‘केही दिन अझै समय लाग्छ ।’

प्रदेशको शिक्षा निर्देशनालयमा पनि विद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक छैन । ‘हामी गत बर्षकै तथ्यांकलाई आधार मानेर भर्ना अभियान शुरु गरेका छौं’ निर्देशनालयका निर्देशक रमाकान्त शर्माले भने, ‘नयाँ तथ्यांक संकलन गर्न पालिकाहरुसँग आग्रह गरेका छौं । अहिलेसम्म तथ्यांक आइपुगेको छैन ।’

निर्देशक शर्माले गत बर्षको तथ्यांक प्रावि तहको ४ दशमलव ३ प्रतिशत, निमावि तहको उमेर समूहका ३७ प्रतिशत र मावि तहको उमेर समूहका ४३ प्रतिशत बालबालिका बाहिर रहेको तथ्यांककै आधारमा भर्ना अभियान प्रारम्भ गरिएको बताए ।

‘गत बर्ष भर्ना भएकामध्ये ड्रप आउट’ अर्थात् बीचैमा विद्यालय छाड्ने पनि त होला नि ?’ भन्ने प्रश्नको जिज्ञासामा निर्देशक शर्मा भन्छन्, ‘होला, तर हामी कहाँ त्यस्तो तथ्यांक छैन ।’

यद्यपी निर्देशनालयले दिएको तथ्यांक गत बर्षको नभई दुई बर्षअघिकै भएको बताउँछन् शिक्षा क्षेत्रमा लामो समय काम गरेका जनकपुरधामका दिनेश्वर साह । उनी भन्छन्, ‘प्राथमिक तहमा पढ्ने उमेर समूहका ४ दशमलव ३ प्रतिशत बालबालिकाको तथ्यांक दुई बर्षअघिकै हो ।’

तथ्यांक नै संकलन नगरी काम गर्नु ठीक नभएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?