Comments Add Comment

समृद्धि दिन नसके जनताले पुरानै अवस्थामा पुर्‍याउँछन् : घनश्याम भुसाल

६ वैशाख, बुटवल । नेकपाका नेता घनश्याम भुसालले सरकारसँग दुई तिहाई बहुमत भए पनि तीब्र गतिमा काम गर्न नसकेको बताएका छन् ।

मदन भण्डारी अध्ययन केन्द्रले शुक्रबार बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले विकासलाई प्राथमिकतामा राखेर काम गर्न नसकेको जिकिर गरे ।

सरकार प्रति नागरिकको धेरै आशा रहे पनि सरकारले जन अपेक्षाअनुसार काम गर्न नसकेको भुसालको निश्कर्ष छ । ‘दुई तिहाइको बहुमत के का लागि हो, देखिने गरी कामै भएन यो अवसर सदुपयोग हुनुपर्छ’ उनले भने ।

दुई कम्युनिस्ट पार्टी एक हुनु ठूलो उपलब्धी भएको भन्दै उनले कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले जनतालाई विकास र समृद्धि दिन नसके जनताले पार्टीलाई पुरानै अवस्थामा पुर्‍याउने दावी गरे ।

पार्टिमा अहिले अध्यक्ष केपी शर्मा ओलीबाहेक अरु कसैको कार्यविभाजन नभएको भन्दै भुसालले असन्तुष्टि जनाए । पार्टीमा कसको के जिम्मेवारी भन्ने कुराको टुंगो नलाग्दा कसले के काम गरेको छ भन्नेसमेत जानकारी नभएको उनले गुनासो गरे ।

पार्टीमा काम र क्षमताका आधारमा जिम्मेवारी दिई केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म एकता प्रक्रिया अगाडि बढ्नुपर्नेमा त्यो हुन नसकेको भुसालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment