
८ वैशाख, काठमाडौं । काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस आइतबार धादिङमा दुर्घटना भएको छ । बा४ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका-३ स्थित सलाङकोटमा दुर्घटना भएको हो ।
दुर्घटनामा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।
मृत्यु हुनेमा दोलखा कालिन्चोक गाउँपालिका-७ कि ७१ वर्षीया पार्वती बुढाथोकी र भिमेश्वर नगरपालिका-२ का २६ वर्षीय हरिबंश केसी रहेका छन् । हरिबंशको घटनास्थलमै मृत्यु भएको हो भने पार्वतीको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको इन्चार्ज ढुंगेलले बताए । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
बस घुम्तिबाट २५ मिटर तल खसेको छ ।
प्रतिक्रिया 4