Comments Add Comment

पीएसजीलाई स्तब्ध पार्दै रेनसले जित्यो फ्रेन्च कपको उपाधि

१५ वैशाख, काठमाडौं । फ्रान्सको महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि सनसनीपूर्ण जित निकाल्दै रेनसले फ्रेन्च कपको उपाधि जितेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रेनसले पेनाल्टी सुटआउटमा पीएसजीलाई ६-५ ले पराजित गर्दै फ्रेन्च कपको उपाधि उचालेको हो ।

निर्धारित समय र थप गरिएको समयसम्म दुबै टिमले २-२ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । पेनाल्टीमा रेनस भाग्यमानी सावित हुँदा बलियो टिम पीएसजीको उपाधि उचाल्ने लक्ष्य अधुरै रहृयो ।

खेलमा २-० गोलले पछि परेको रेनसले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । खेलको १३औं मिनेटमा नै ड्यानी अल्भेसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको २१ औ मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाए ।

तर खेलको ४० औ मिनेटमा पीएसजीका पि्रन्सेल किम्पेम्बेले आत्मघाति गोल गरेपछि रेनसले २-१ गोलको स्थितिमा ल्याएको थियो ।

पहिलो हाफमा २-१ गोलअन्तरले पछि परेको रेनसले दोस्रो हाफमा थप एक गोल गर्दै बराबरी बनायो । ६६औं मिनेटमा सिटोइले गोल गरेका थिए ।

बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि ३० मिनेटको समय थप गरिएको थियो । यही थप गरिएको समयमा किलियन एम्बाप्पेले रेड कार्ड खादै मैदान छाडेका थिए । थप गरिएको समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीबाट छिनोफानो भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment