+
+

पुरुष वान डेमा महिला अम्पायर

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १५ गते ११:०१

काठमाडौं । अष्ट्रेलियाकी क्लेयर पोलोसाक पुरुष एकदिवसीय क्रिकेटमा अम्पायरिङ गर्ने महिला महिला बनेकी छन् ।

नामिबिया र ओमानबीच भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन २ को फाइनलमा ३१ वर्षीया क्लेयरले यो रेकर्ड बनाएकी हुन् । यसअघि उनले महिलाको ३१ वटा वान डे म्याचमा अम्पायरिङ गरेकी थिइन् ।

२०१५ मा अष्ट्रेलिया र दक्षिण अफ्रिकाको महिला टिमबीच भएको एकदिवसीय म्याचमा उनले पहिलो अम्पायरिङ गरेकी थिइन् । उनले गत वर्ष भएको महिला टी–२० विश्वकपको सेमिफाइनलमा पनि अम्पायरिङ गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?