+
+

‘भोट किन गर्नुभएन’ ? भन्ने प्रश्नमा अक्षयको यस्तो रियाक्सन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १८ गते १३:४८

नायक अक्षय कुमार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा अन्र्तवार्ता अहिले हिट छ । अक्षय कुमारले काम गरेका बलिउड चलचित्र हेर्दा पनि उनको देशभक्ती भावना देखिन्छ । अक्षय कुमार राष्ट्रियता बोकेका चलचित्रमा मात्र काम गरिरहेका छन् । तर, कतिपयले उनको यो खालको राष्ट्रियतालाई नौटंकी भन्ने गरेका छन् । अहिले भारतमा लोकसभाको चुनाव चलिरहेको छ । केही दिन अगाडि मात्र बलिउडका अधिकांश कलाकारले मतदान गरे ।

मतदान गर्ने क्रममा कलाकारका तस्बिर सामाजिक संजालमा पनि खुबै हिट भए । तर, मतदान गर्न नायक अक्षय कुमार भने गएनन् । हालैमात्र, एक चलचित्रको विशेष शोमा पुगेका अक्षयलाई पत्रकारले भोट किन गर्नुभएन ? भनेर प्रश्न सोधेका थिए । यो प्रश्नमा अक्षयले कुनै जवाफ दिएनन् । बरु, ‘चल बेटा’ भन्दै पत्रकारलाई जवाफ दिएर हिडे ।

यो भिडियो अहिले भाइरल भैरहेको छ । अक्षयसँग क्यानडाको नागरिकता छ भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?