+
+

मोदीविरुद्ध उठेका तेजबहादुरको उम्मेदवारी खारेज

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १८ गते १८:३२

१८ वैशाख, काठमाडौं । भारतको बारणासी जिल्ला निर्वाचन कार्यालयले सीमा सुरक्षा बल (बीएसएफ)का पूर्व जवान तेजबहादुर यादवको उम्मेलवारी खारेज गरेको छ । उनले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उम्मेदवारी दिएका थिए ।

तेजबहादुरले २४ अप्रिलमा स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराएका थिए । तर, २९ अप्रिलमा सपा–बासपा गठबन्धनका रुपमा उम्मेदवारी दर्ता गरे ।

तेजबहादुरले भने गलत रुपमा आफ्नो उम्मेदवारी खारेज भएको दाबी गरे । यसविरुद्ध सर्वोच्च अदालतमा अपील गर्ने बताए ।

उनले भने, ‘मलाई हिजो ६ः१५ बजेसम्म प्रमाण पुर्‍याउन भनेको थियो । मैले बुझाएँ पनि तर, मेरो उम्मेदवारी खारेज गरिएको छ ।’

बारणासीमा मोदीसँगै कांग्रेसका अजय राय र समाजवादी पार्टीका शालिनी यादव पनि उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?