Comments Add Comment

घोडा दौडमा ‘इक्विस्ट्रियन हाइजम्प’ नयाँ राष्ट्रिय कीर्तिमान

प्रतियोगितामा नेपाली सेनाको वर्चश्व

२० वैशाख, पोखरा । नेपाल आर्मीका जगदिश घिसिङले घोडा दौड प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले शुक्रबार पोखरामा भएको पाँचौ संस्करणको इक्विस्ट्रियनको हाइजम्प इभेन्टमा ५ फिट ९ इन्चको जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक हात पारेका हुन् । यसअघि उक्त कीर्तिमान रामहरी खड्काको नाममा ५ फिट ५ इन्च उचाइ जम्पमा थियो ।

प्रतियोगितालाई नेपाल इक्विस्ट्रियन संघको आयोजना र नेपाल राष्ट्रिय खेलकुद परिषद तथा नेपाली सेनाको संयोजन गरेका थिए । स्वर्ण पदकका लागि घिसिङले नेपाली सेनाकै जमदार राजेन्ऽ थापासँग प्रतिष्पर्धा गरेका थिए । उनले स्वर्ण पदकसहित २० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

अन्तिम प्रतिस्पर्धामा राजेन्द्र थापा ५ फिट ७ इञ्चमा रोकिँदै रजत पदकमा चित्त बुझाउन बाध्य भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।
काश्य पदक हात पारेका करण चौधरीको घोडाले ५ फिट ५ इञ्च उचाइमा जम्प गरेको थियो । उनले १० हजार रुपैयाँ हात पारे ।

प्रतियोगिताको सोजोन इभेन्टतर्फ नेपाली सेनाको वचश्र्व रहृयो । नेपाली सेनाका ओमप्रकाश यादवले जित हात पारे । उनले इभेन्टको बाधा दूरी १ मिनेटमा पार गरेका थिए । उनले स्वर्ण पदकसहित २० हजार रुपैयाँ जिते ।

नेपाली सेनाकै जगदिश घिमिरेले उक्त दूरी १ मिनेट १३ सेकेन्डमा पूरा गरे । उनले रजत पदकसहित १५ हजार रुपैयाँ हात पारे । नेपाली सेनाकै मेघविक्रम खड्काले काश्य पदक हात पारे । उनले पदकसहित १० हजार रुपैयाँ प्राप्त गरे ।

टेन्ट पेगिङ इभेन्ट पनि नेपाली सेनाकै प्राविधिक सुबेदार गोविन्दबहादुर खडकाले स्वर्ण पदक जिते । उनले २० हजार रुपैयाँसमेत प्राप्त गरे । नेपाली सेनाकै ओमप्रकाश यादबले रजत पदक जित्दै १५ हजार रुपैयाँ हात पारे । नेपाली सेनाकै लिलाराम खड्काले काश्य पदकसँगै १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा भएको स्थानीय घोडा दौड ‘पोनी रेस’ मा राज अधिकारी अब्बल ठहरिए । उनले स्वर्ण पदकसहित १५ हजार प्राप्त गरे । नवीन पुनले रजत पदकसहित १० हजार रुपैयाँ र रोहित गौतम काश्य पदकसहित ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा महिला घोडचढी पर्दशनी पनि भएको थियो । उक्त प्रदर्शनीमा कविता थापा, यामकुमारी राना र सरिता श्रेष्ठ सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment