+
+

विप्लव समूहका जिल्ला इन्चार्ज र सेक्रेटरी पक्राउ

प्रहरी र कार्यकर्ताको बीच तानातान, प्रहरीसमेत घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २२ गते १९:५९

२२ वैशाख, गोरखा । नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्ट पक्राउ परेका छन् ।

पालुङटार नगरपालिका–७ खोलाघाटबाट आइतवार साँझ उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘उनीहरु दुई जना बसिरहेका रहेछन्, शंका लागेर गस्तीमा गएको हाम्रो प्रहरी टोली उनीहरुको नजिक पुग्दा भाग्न खोजे,’ एसपी भोला रावलले भने, ‘समात्ने क्रममा एकछिन तानातान पनि भएछ ।’

तानातानको क्रममा लडेर जिल्ला सेक्रेटरी भट्ट र एकजना प्रहरी जवान घाइते भएका छन् । भट्टको खुट्टा र प्रहरी जवानको हात मर्किएको एसपी रावलले बताए । ४७ बर्षका कुमाल गोरखा नगरपालिका दश किलोका हुन् भने ३७ बर्षका भट्ट भिमसेन थापा गाउँपालिका मसेलका हुन् ।

उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता हुने प्रहरीले बताएको छ । यस अघि प्रहरीले विप्लव समूहका अन्य दुई जना कार्यकर्ता पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?