+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पहाडी परिवारमा जन्मिएको भए नेपाली भन्ने सौभाग्य पाउथें : ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २३ गते २१:१६

२३ वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का नेता महन्थ ठाकुरले मधेसमा जन्मिएकै कारण आफूले नेपाली भन्ने सौभाग्य नपाएको दुखेसो पोखेका छन् ।

नागरिकताको विषय उठ्नासाथ भारतीयहरु लाइनमा छन् भनेर प्रचार गर्ने गरिएको भन्दै उनले असन्तुष्टि जनाए । यदि भारतीयहरु नेपाली नागरिकता लिने लाइनमा छन् भने दिने सरकारी अधिकारी के हेरेर बसेका छन् भनेर उनले प्रश्न गरे ।

सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ठाकुरले भने, ‘नागरिकताको सवाल उठ्दाखेरि जहिले पनि भारतीयहरु लाइन लागिरहेको छ भनिन्छ । यदि लाइनमा भारतीय हुन्छ भने, दिने कुर्सिमा को बसेको हुन्छ ? गृहमन्त्रालयमा को बसेको छ ? त्यहाँ पनि इन्डियनहरु नै हो ? नागरिकता दिने पनि इन्डियनहरु हो ? उनीहरुले आफ्नो नागरिकलाई चिनिरहेको छैन ?’

‘नागरिकताको कुरा सुन्नासाथ हाम्रो त दम घुट्छ, सास लिने अवस्था हुँदैन । आफ्नै घरमा, आफ्नै खेत र खलियानमा हामीले विदेशीको पीडा भोग्नु परिरहेको छ । कृपया यस किसिमको प्रश्न उठाउँदा पुरानो माइन्डसेटलाई तोड्नुपर्छ ।’

पूर्वमन्त्रीसमेत रहेका ठाकुरले समानताको कुरा गर्ने नेताहरुले नै पहाडी र मधेसीबीच विभेद गरेको आरोप लगाए । ‘पहाडी परिवारमा जन्मिएको भए सायद मेरो पनि भाग्य हुन्थ्यो, नेपाली भन्ने सौभाग्य प्राप्त हुन्थ्यो,’ ठाकुरले भने, ‘तर मधेसी परिवारमा जन्मिएको हुँ, मधेसी भन्नुहुन्छ, अहिलेसम्म त्यो विभेद हटेको छैन ।’

उनले नेताहरुलाई नै प्रश्न गरे, ‘समानताको कुरा गर्नुहन्छ, तर के समानता छ ?’

‘संघीयता र गणतन्त्र कागजमा सीमित’

संघीयता र गणतन्त्रको अनुभूति जनताले अझै पनि गर्न नपाएको ठाकुरको विश्लेषण छ । ‘भन्नको लागि त गणतन्त्र छ, भन्नको लागि त संघ छ,’ ठाकुरले भने, ‘नक्सामा, कागजमा कोरिएको छ सबै चिज तर व्यवहारमा कुनै पनि चिजको परिवर्तन भएको अनुभूति भएको छैन ।’

नीति तथा कार्यक्रममा संविधान सर्वस्वीकार्य छ भन्नु घाउमा नुन छर्ने जस्तै भएको उनले बताए ।

‘यो संविधानको विरोध गर्दागर्दै मानिसहरु, आन्दोलनकारीहरु सहिद भइसकेका छन्, सयकडौं हजारौं माथि अहिले पनि मुद्दा छ,’ ठाकुरले भने, ‘दर्जनौं मानिस जेलमा सजायँ काटिरहेका छन् । लोकतन्त्रमा पनि अधिकार माग गर्दाखेरि न्यायको माग गर्दाखेरि गोली खानु परेको छ, यो संविधानको देन हो ।’

‘सिंहदरबारमा निरंकुशता जीवित’

उनले सिंहदरबारमा निरंकुशता जीवित रहेको बताए । ‘सिस्टम बदलिएको छ, राज्य पहिलेभन्दा बढी निरंकुश भएको छ । उसको चरित्रमा कुनै परिवर्तन भएको छैन । पहिले सिंहदरबारलाई निरंकुशताको प्रतीक मानिन्थ्यो, अहिले निरंकुशता जिवित रुपमा देखापरेको छ ।’

अधिकारहरु प्रधानमन्त्री कार्यालयमा केन्दि्रत गरेर निरंकुशताबाट राज्य र जनता मुक्त भएको भन्न नमिल्ने उनले बताए ।

उनले सरकारको नीति तथा कार्यक्रममा नयाँ पन केही नभएको बताए । ‘नीति तथा कार्यक्रममा हाम्रो लागि केही छैन । परम्परागत शैलीमा प्रस्तुत भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?