+
+

एनआईसी एशिया ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २ गते २०:२१

२ जेठ, काठमाडौं ।एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया ऋणपत्र २०८३/८४’ निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

एनआईसीले १ हजार अंकित दरका ४४ लाख कित्ताले हुन आउने ४ अर्ब ४० करोड रुपंैयाँ बराबरको सात वर्षको अवधिमा परिपक्व हुने वार्षिक व्याजदर १०.२५ प्रतिशत भएको ‘एनआई सी एशिया ऋणपत्र २०८३/८४’ निष्काशनको निमित्त बैंकले सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

प्रस्तावित १०.२५ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकले लिएको छ ।

उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

४ अर्ब ४० करोड बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब ७६ करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिने बैंकले जनाएको छ ।

प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?