+
+

रुपन्देहीको कन्चन खोला नजिक बिस्फोट, कटैयामा बम भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ४ गते ९:४४
Photo Credit : File Photo

४ जेठ, बुटवल । रुपन्देको कन्चन गाउँपालिका वडा नं. २ कन्चन खोला नजिकै बम बिस्फोट भएको छ भने ओमसतिया १ कटैयामा शंकास्पद बस्तु फेला परेको छ ।

कन्चन गाउँपालिकाको कन्चनखोला नजिकैको खाली चौरमा शनिबार बिहान ४ बजे सिलिण्डर बम बिस्फोट गराइएको हो ।

बिहान ४ बजे नै बिस्फोट भए पनि स्थानीयबासीले बिहान ७ः३० बजे मात्रै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बिस्फोटबाट ठूलो आवाज आए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।

त्यसैगरी रुपन्देहीकै ओमसतीया गाउँपालिका १ कटैयामा होक्स बम फेला परेको छ । ‘खतरा’ लेखिएको डिब्बामा राखिएको शंकास्पद बस्तु होक्स बम रहेको र नेपाली सेनाको टोलीले निष्कृय पारेको प्रहरीले जनाएको छ ।

बम विष्फोट गराउने र बम राख्ने समूहको बारेमा नखुले पनि प्रहरीले भने विप्लव नेतृत्वको नेकपाले राखेको हुन सक्ने अनुमान गरेको छ ।

प्रधानमन्त्री ओली जहाँ गयो त्यही बन्द आहृवान गर्ने बताउँदै आएको नेकपाले आज प्रधानमन्त्री ओली लुम्बिनी आउने कार्यक्रमलाई लक्षित गरी बम राखेको हुन सक्ने सुरक्षा अधिकारीको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?