
६ जेठ, काठमाडौं । पाकिस्तानले आसिफ अली, मोहम्मद अमिर र वाहब रिआजलाई विश्वकप टिममा बोलाएको छ ।
तीन खेलाडी यसअघि घोषित टोलीमा थिएनन् तर, इग्ल्याण्डसँग सिरिज हारेपछि आबिद अली, फहिम अशरफ र जुनिद खानको स्थानमा बोलाइएको छ ।
‘इग्ल्याण्डविरुद्ध हाम्रो फ्रान्टलाइन बलरको क्षमताको कमीको अर्थ परिर्वतन जरुरी थियो’ छनोटकर्ताका अध्यक्ष इन्जमाम उलहकले भनेका छन् ।
अब पाकिस्तानले अफगानिस्तान र बंगलादेशसँग अभ्यास खेल खेल्नेछ । उसले विश्वकप यात्रा भने ३१ मेमा वेष्टइण्डिजसँग खेलेर सुरु गर्नेछ ।
म्याच फिक्सिङ गरेको आरोपमा ५ वर्षे प्रतिबन्ध भोगेका तीव्र गतिका बलर अमिरले २०११ र २०१५ को विश्वकप गुमाएका थिए । रिआजले पनि जुन २०१७ को च्याम्पियन्स ट्रफीपछि एकदिवसीय खेल खेलेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4