+
+

मिडिया काउन्सिल विधेयक संशोधन गर्न राप्रपाको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ७ गते १६:४९
Photo Credit : फाइल तस्वीर

७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक सरोकारवालासँग छलफल गरेर संशोधन गर्न माग गरेको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मिडिया काउन्सिल विधेयकले प्रजातन्त्रको मेरुदण्डको रुपमा रहोके प्रेस स्वतन्त्रतालाई नियन्त्रित र संकुचित बनाउने प्रयास गरेको भन्दै संशोधन गर्न माग गरेको हो ।

राप्रपाले भनेको छ ‘प्रेसविरुद्धको कठोर दृष्टिकोण र मिडिया काउन्सिलको स्वयत्तताको हनन गर्ने प्रयास दूभाग्र्यपूर्ण छ । विधेयकमा रहेका विवादास्पद र पत्रकारका हक, हित र स्वतन्त्रता विरोधी प्रावधानहरुलाई सम्बन्धित पक्षहरुसँग छलफल गरेर संशोधन गर्न राप्रपा सरकारसँग माग गर्दछ ।’

राप्रपाले दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा जेठ २४ गते मुस्ताङको मुक्तिनाथबाट सुरु गरी गोरखामा समापन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै असार ६ र ७ गते काठमाडौंमा केन्द्रीय समितिको बैठक बस्ने, हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गरी मलुकभरी संकलन गरिएको हस्ताक्षर असार ६ गते सरकारलाई बुझाउने निर्णय पनि गरेको प्रवक्ता भुवन पाठकले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

राप्रपाले जेठ १५ गते पार्टी स्थापना दिवस बृहत कार्यकर्ता भेला लगायतका कार्यक्रम गरी मनाउन प्रदेश ३ का अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा समिति गठन गरेको छ । त्यस्तै संसदमा प्रस्तुत भएका र पछि हुने विधेयकमाथि सांसदलाई सल्लाह दिन नेता निरञ्जन थापाको संयोजकत्वमा विधेयक परामर्श समिति पनि गठन गरेको राप्रपाले जनाएको छ ।

राप्रपाले पार्टीको अक्षयकोष स्थापना सम्बन्धमा सुझाव दिन प्रवक्ता नीलकण्ठ काफ्लेको संयोजकत्वमा समिति गठन पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?