
काठमाडौं । २३ मेमा घोषणा हुने लोकसभा चुनावको नतिजाको अघिल्लो दिन मंगलबार २१ विपक्षी पार्टीले चुनाव आयोगमा इलेक्ट्रोनिक भोटि्रङ मसिन -ईभीएम)सँग सम्वन्धित आफ्नो गुनासो राखेका छन् ।
ईभीएममा भएको हेरफेरबारे आएको खबरलाई लिएर सबै विपक्षी पार्टीले चिन्ता व्यक्त गरेको कांग्रेसका वरिष्ठ नेता गुलाम नबी आजादले बताए । २१ पार्टीले भोलि भोट गणनासँगै भोटर भेरिफाइड पेपर स्लिप मिलान गर्न पनि माग गरेका छन् ।
उनी भन्छन्, हाम्रो दुई माग थियो । एक, हरेक लोकसभा क्षेत्रमा ५ पोलिङ बुथ छनोट गरेर ईभीएमसँगै भोटर भेरिफाइड पेपर स्लिप पनि गनौं । यदि कुनै बुथमा भोटर भेरिफाइड पेपर स्लिपमा कुनै गल्ती भेटियो भने उक्त लोकसभा क्षेत्रमा पुरै गणना फेरि हुनुपर्छ ।’
चुनाव आयोगका पदाधिकारीहरुले भने यसबारे छलफल गर्ने बताएका छन् । उनी भन्छन्, आयोगका सदस्यहरुले हाम्रो सुझाव र चिन्ताबारे खुला दिमागले सुने र आवश्यक निर्णय लिने आश्वासन दिए ।’
कांग्रेसका अर्का नेता अभिषेक मनु सिंघवीले भने विपक्षी दलहरुले डेढ महिनादेखि उठाएको विषयलाई चुनाव आयोगले वेवास्ता गरेको बताए ।
प्रणव मुखर्जीको चिन्ता
यसैबीच पूर्वराष्ट्रपति प्रणव मुखर्जीले चुनाव आयोगले आफ्नो संस्थागत विश्वसनीयता सुनिश्चित गर्न अपील गरेका छन् । उनले ट्वीटमा एक बयान जारी गर्दै ईभीएमको सुरक्षालाई लिएर आएका खबरहरुलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘चुनाव आयोगको नियन्त्रणमा जति ईभीएम छन्, त्यसको सुरक्षा आयोगको जिम्मेवारी हो । लोकतन्त्रलाई चुनौती दिन अनुमानलाई कुनै ठाउँ दिनु हुँदैन । जनताको फैसला सबैभन्दा माथि छ र यसमा रत्तिभर शंका हुनु हुँदैैन ।’
देशका संस्थानहरुलाई विश्वास गर्ने भन्दै यसबारे संस्थागत विश्वसनीयता सुनिश्चित गर्ने काम चुनाव आयोगको भएको बताए ।
प्रतिक्रिया 4