
काठमाडौं । भारत लोकसभा चुनावमा चर्चामा रहेका पात्र मध्ये एक हुन् कन्हैयाकुमार । तर, मतगणनाको प्रारम्भिक नतिजा उनको पक्षमा देखिएन ।
बेगूसरायमा भाजपा उम्मेदवार गिरिराज सिंह अगाडि छन् । कन्हैयाकुमारले भने अझै हार मानेका छैनन् । उनले भनेका छन्, ‘हामी हारिरहेका छैनौं । संख्यामा पछाडि छौं तर, यो नम्बर परिर्वतन हुनसक्छ ।’
उनका अनुसार १२ लाख १८ हजार भोट मध्ये अहिलेसम्म ३ लाख मात्र गणना भएको छ । साथै चुनावमा आफूले गुमाउने केही नभएको उनले बताए ।
विकल्प नभएका कारण भाजपाले लाभ लिएको उनको टिप्पणी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4