
२४ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महेन्द्रसिंह धोनीले विकेटकिपिङ गर्दा प्रयोग गरेको पञ्जामा भएको चित्र हटाउन निर्देशन दिएको छ ।
भारतले जारी विश्वकपको आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्दा पूर्वकप्तान महेन्द्रसिंह धोनीले भारतीय सेनाको बलिदान अंकित चिन्ह भएको पञ्जा लगाएका थिए ।
धोनीको पञ्जामा भारतीय पारा स्पेशल फोर्सका ‘रेजिमेन्टल ड्यागर’ चित्र छापिएको छ । यसलाई बलिदानको रुपमा मानिन्छ । धोनीलाई २०११ मा पारासुट रेजिमेन्टमा लेफ्टिनेन्ट कर्नलको मानार्थ पद दिइएको थियो । २०१५ मा उनले प्यारा ब्रिगेडको ट्रेनिङ पनि गरे । धोनीले त्यो सम्मानलाई कदर गर्दै आफ्नो पञ्जामा बलिदान अंकित चिन्ह लगाएका हुन् ।
आईसीसीले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) मार्फत धोनीलाई त्यो चिन्ह भएको पञ्जा नलगाउन निर्देशन दिएको हो ।
प्रतिक्रिया 4