+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

गोकुलगंगाको संकल्प : एक घर एक धारा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते १३:२४

२४ जेठ, रामेछाप । गोकुलगंगा गाउँपालिकाले तीन वर्षभित्रमा एक घर एक धारा पुर्‍याउने संकल्प गरेको छ ।

गाउँपालिकामा अयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले सो संकल्प गरेका हुन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवार, उपाध्यक्ष राधिका नेवार, प्रमुख प्रशासकिय अधिकृत षड्कुमार पोख्रेल तथा गाउँपालिका ६ वटै वडाका वडाध्यक्षहरुले २ वर्षभित्र सो पालीकाका सबै घरमा एक घर एक धारा पुर्याउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले भने, ‘अहिले यो कुरा गर्दा धेरैले खिसी गरेका छन् । तर यो हाम्रो संकल्प हो किः हामी ३ वर्ष भित्र घरघरमा धारा पुर्‍याएर छाड्छौं ।’

वडा नं ३ का वडाअध्यक्ष नरबहादुर कार्की पनि वडामा एक घर एक धारा पुर्‍याउने गरी आफूले काम सुरु गरेको बताउँछन् ।

उनले स्वच्छ खानेपानीकेा अधिकार नागरिकको मौलिक अधिकार भएकाले सडक विस्तारको काम सकेपछि आफूहरुको ध्यान खानेपानीमा गएको बताए ।

कार्यक्रमका सहभागिहरुले सडक निर्माणको क्रममा धेरै खानेपानीका मुहान पुरिएर पिउने पानीकै समस्या भएको गुनासो गरेपछि वडा नं ४ का वडाअध्यक्ष देवराज कार्कीले विकास गर्दा केही बिनास भएको स्विकार्दै अब हरेक घरमा खानेपानीको धारा पुर्याउने गरी काम गर्ने बताए ।

सार्वजनिक सुनुवाईका सहभागिले जनप्रतिनिधिहरुले विकास आयोजनाका उपभोक्ता समिति बनाउँदा सम्बन्धित उपभोक्ताहरुलाई जानकारी नदिएको, गाउँपालिकाले सम्पादन गर्ने काम अझै प्रभावकारी हुन नसकेको गुनासो गरेका थिए ।

सार्वजनिक सुनुवाईमा एक घर एक धारा पुर्याउने बाहेक २ हप्ता भित्र नागरिक वडापत्र राख्ने, यही गाउँ सभाअघि गाउँपालिकाको पाश्र्वचित्र निर्माणको काम सम्पन्न गरी सोही आधारमा योजना निर्माण गरी कार्यान्वयनमा जाने, विकास योजनाको उपभोक्ता समिति बनाउँदा बस्तीस्तरमा आमभेला गरी प्रभाकारी रुपमा गठन गरी कार्यान्वयन गर्ने र सार्वजनिक सुनुवाईमा आएका सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता समेत जाहेर गरिएको छ ।

सार्वजनिक सुनुवाईमा यस वर्ष गाउँपालिकाको १३ करोड २५ लाख रुपैयाँको बजेट तथा कार्यक्रम रहेको प्रमुख प्रशासकिय अधिकृत षड्कुमार पोख्रेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?