+
+

पशुबलीविरुद्ध काठमाडौंमा र्‍याली (फोटो फिचर)

चन्द्र आले चन्द्र आले
२०७६ जेठ ३१ गते १९:४९

३१ जेठ, काठमाडौं । पशुबली जरैबाट निर्मुल गर्न भन्दै काठमाडौंमा शुक्रबार पशुबलीविरुद्ध र्‍याली निकालिएको छ । पशु कल्याण संघ नेपालले शान्तिवाटिकाबाट सुरु गरेको र्‍याली असन, चाक्सीबारी हुँदै सोह्रखुट्टे पुगेर फेरि ठमेलको सञ्चयकोष भवननजिक आई समापन भएको थियो ।

र्‍यालीका सहभागीले कुखुरा, राँगो, खसी, बंगुर आदि जनावरको आकृति भएको मुकुण्डो लगाएर प्रदर्शन गरेका थिए ।

नेपालमा हुने सबै किसिमको पशु बली तथा पशुपंक्षीप्रति हुने दुर्व्यवहारको अन्त्य गर्ने उद्देश्यले र्‍याली निकालिएको संघले जनाएको छ । मठ मन्दिर, चाड पर्व, औपचारिक समारोह वा साँस्कृतिक कार्यक्रममा हुने पशुबली रोक्नुपर्ने संघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?