१ असार, चितवन । चितवनमा बढेको अत्याधिक कारण यहाँका विद्यालयहरु तीन दिनका लागि बन्द गरिने भएको छ ।
भरतपुर महानगरपालिकाले चितवनमा अत्यधिक गर्मी बढेको कारणले महानगरभित्रका सामुदायिक र संस्थागत सबै विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ ।
महानगरपालिकाले पठनपाठन हुने कुल दिनमा नघट्ने गरी बर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिन अनुरोध गरेको छ । महानगरपालिकाबाट आइतबार जारी गरिएको सूचनामा असार २ गतेबाट असार ४ गतेसम्म विद्यालय बन्द गर्न अनुरोध गरिएको छ ।
खैरहनी नगरपालिकाले नगर भित्र रहेका सामुदायिक विद्यालय तीन दिन वन्द गर्ने निर्णय गरेको छ ।
बढ्दो गर्मीलाई मध्यनजर गर्दै असार २ गतेदेखी ४ गतेसम्म विद्यालय वन्द गर्ने निर्णय गरिएको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले जानकारी दिए ।
गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थालेको प्रधानाध्यापकहरुले बताएका छन् ।
अत्याधिक गर्मीले विद्यार्थी वेहोस हुन थालेको गुनासो प्रधानाध्यापकबाट आयो मेयर चौधरीले भने – तत्कालका लागि तीन दिन विद्यालय वन्द गरिने भए पनि त्यसपछि पनि यस्तै अवस्था रहे थप गर्न सकिन्छ ।
खैरहनी नगरपालिका भित्र २८ वटा सामुदायिक विद्यालय रहेका छन् । दिन प्रतिदिन वढ्दो गर्मीका कारण चितवनको सवै क्षेत्रमा असर परिरहेको छ ।
यसैगरी नवलपुरको गैडाकोट नगरपालिकाले पनि असार २ गतेदेखि ४ गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
गर्मीका कारण समस्या भएको भन्दै विद्यालय बन्द गरिने नगरपालिकाले जनाएको छ ।