Comments Add Comment

आयुष्मान र शिल्पाको ‘सानो मन’ ट्रेलर रिलिज

असार २० गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘सानो मन’को ट्रेलर इन्टरनेट रिलिज भएको छ । यो चलचित्रले मुख्य पात्रद्धय आयुष्मान देशराज जोशी र शिल्पा मास्केको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरेको छ । सूयोग गुरुङको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रले प्रेमको कथा भन्छ ।

मायाको कथा हेर्न चाहने दर्शकका लागि ‘सानो मन’ विशेष खुराक हुने निर्देशकको दाबी छ । यो चलचित्रमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट लगायतका कलाकारको पनि मुख्य भूमिका छ । ओपीजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाइ टेक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा समिर सुनवार र सूयोगको लेखन, आलोक शुक्लाको छायांकन छ ।

चलचित्रलाई काठमाण्डौ, भैरहवा, थाइल्याण्ड लगायतका स्थानमा खिचिएको छ । चलचित्रमा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल र राजेन्द्र मानन्धरको लगानी छ । चलचित्रलाई म्यूजिकल लभ स्टोरी भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment