+

टी-२० विश्वकप एसिया फाइनल खेल्ने प्रारम्भिक टोलीको घोषणा

२०७६ असार  ३ गते १२:३५ २०७६ असार ३ गते १२:३५
टी-२० विश्वकप एसिया फाइनल खेल्ने प्रारम्भिक टोलीको घोषणा

३ असार, काठमाडौं । टी-२० विश्वकप छनोटको एसिया फाइनल खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

उमेश पटवाल राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त भएपछि कप्तान पारस खड्काको कप्तानीमा २५ सदस्यीय टोली घोषणा भएको हो ।

छनोट हुने खेलाडीमा कप्तान पारससँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा, अमित श्रेष्ठ, बसन्त रेग्मी, भीम शार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया, करण केसी, कुशल भुर्तेल, ललित भण्डारी र ललितनारायण राजवंशी छन् ।

त्यस्तै, आरिफ शेख, नन्दन यादव, पवन सर्राफ , प्रदीप ऐरी, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शाहव आलम, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा र सुशान भारी पनि टिममा छन् । बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुनेछ ।

नेपाली टोली तयारीका क्रममा विदेश भ्रमणमा समेत जाने तयारी छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय