Comments Add Comment

७० हजार घुससहित भोजपुरमा २ इन्जिनियर पक्राउ

३ असार, काठमाडौं । भोजपुरको हतुवागढी गाउँपालिकामा कार्यत २ जना ७० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएएको टोलीले गाउँपालिकाका इन्जिनियर मिसुहाङ किराँत र सव-इन्जिनियर नइन्द्र पारोहाङलाई घुससहित नियन्त्रणमा लिएको हो ।

उनीहरुले बाटो मर्मतको बिल भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको अख्तियारको दावी छ ।

इन्जिनियर मिसुहाङबाट ५० हजार र सव-इन्जिनियर नइन्द्रबाट घुसवापतको २० हजार रुपैयाँ बरामद गरेको अख्तियारले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment