Comments Add Comment

एनएसी बेथितिः चलेका जहाज निजीलाई, बिक्रीको विमान मर्मतमा २ करोड

४ असार, काठमाडौं । गुठी विधेयक फिर्ता लिने सरकारको निर्णय र प्रमुख प्रतिपक्षीले संसद्मा पुर्याएको अवरोध आजका सबैजसो दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक वायुसेवा निगम बेथिति, नेटवर्किङका नाममा भइरहेका ठगी धन्दालाई पनि पत्रपत्रिकाहरुले उठाएका छन् ।

नेपाल वायुसेवा निगम बेथितिबारे निरन्तर उधिन्दै आएको नयाँ पत्रिकाले आज पनि यसभित्रका अन्तरकुन्तर केलाएको छ । समाचार अनुसार, घाटामा रहेको नेपाल वायुसेवा निगमले बेच्न लागिएको जहाज मर्मतमा सवा दुई करोड खर्च गरेको छ । यति मात्रै होइन, संस्थालाई थप नोक्सानीमा पार्नेगरी आफ्ना जहाज निजी कम्पनीलाई भाडामा दिने योजना पनि उसले अघि सारेको छ ।

‘नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् । गत साउनदेखि पुससम्मका ६ महिनामा निगमले २ अर्ब ११ करोड रुपैयाँ घाटा व्यहोरेको छ । त्यसयता निगमको जहाजको उडान अवधि घटेका कारण असार मसान्तसम्म यो घाटा दोब्बरभन्दा बढी हुने देखिन्छ । तर, निगमले आफ्ना भएका जहाज उडाउन छाडेर निजी कम्पनीलाई भाडामा दिने तयारी गरेको नयाँ पत्रिका समाचारमा उल्लेख छ ।

भारतमा रहेको नेटवर्किङ कम्पनीले नेपाली युवा ठगी गरेको विषयलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । भारतको गोरखपुरमा कार्यालय रहेको ओरियन्टस ग्लोबल मार्केटिङ प्रालिले ८ हजार भारुमा एक साता तालिम दिई औषधि खरीद गर्न लगाएर गाउँगाउँमा सदस्य बनाउन परिचालन गरेको समाचारमा उल्लेख छ । यसरी नेपाली युवा गाउँगाउँमा परिचालन गर्दा करोडौं रकम बाहिरिएको अनुमान गरिएको

दूरसञ्चार कम्पनीहरुले कामकारबाही नियमन गर्ने नेपाल दूरसञ्चार प्राधिकरणमा अनुगमन उपकरण खरीदका क्रममा झण्डै १ अर्ब ३७ करोड रुपैयाँ अनियमितता हुने गरी टेन्डर हत्याउने खेल सुरु भएको अर्को खबर पनि कान्तिपुरमा छ । दूरसञ्चारको ट्राफिक मापन तथा ठगी नियन्त्रण उपकरण खरीद प्रक्रियामा १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी प्रस्ताव गर्नेसँग नै सम्झौता गर्ने गरी खेल सुरु भएको समाचारमा उल्लेख छ ।

अन्नपूर्णले ‘पछि हट्यो सरकार’ शीर्षक दिएर गुठीसम्बन्धी विधेयक फिर्ताबारे मुख्य समाचार बनाएको छ । त्यस्तै साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा ५ न्यायाधीशमाथि कारबाही सिफारिस गरिएकोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।

उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको समाचारमा उल्लेख छ ।

नागरिकमा सरकारले ल्याएका विधेयक एकपछि अर्को विवादमा परेकोबारे एक टिप्पणी छापिएको छ । नागरिकका अनुसार विधेयक आउनुअघि सरोकारवालाबीच पर्याप्त छलफल नगरिनु यसको पहिलो कारण हो ।

बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा अलपत्र परेकोदेखि विलासी वस्तु आयातमा सरकारले कडाइ गर्न लागेकोसम्मका खबर राजधानीमा छापिएको छ ।

कारोबारमा पेट्रोलियम पाइपलाइनको परीक्षण सुरु भएको खबर छ भने सरकारी मुखपत्र गोरखापत्रले ‘उपलब्धि रक्षा गर्नु सबैको कर्तव्य’ भनेर प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई मुख्य समाचार बनाएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment