+
+

पोखरामा ‘टाइम बम’ लेखिएको शकास्पद वस्तु भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ९ गते १९:२६

९ असार, पोखरा । पोखराको एक तरकारी बजारमा सोमबार साँझ शंकास्पद वस्तु भेटिएको छ । पोखरा ८ मा रहेको फेवा एग्रिकल्चर प्रालिद्वारा सञ्चालित तरकारी बजारमा शंकास्पद वस्तु भेटिएको हो ।

तरकारी तथा फलफुलका पसल गरी सय वटा सटर रहेको तरकारी मन्दीमा साँझ करिब ४ बजेतिर उक्त शंकास्पद वस्तु भेटिएको थियो । उक्त शंकास्पद वस्तु निलो रङको पाइपमा घडी जोडिएको जिल्ला प्रहरी कार्यालय कास्की एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

दिउँसैदेखि वेवारिसे एउटा झोला त्यहाँ छोडिएको र साँझ उक्त झोला खोलेर हेर्दा ‘टाइम बम’ लेखिएको शंकास्पद वस्तु भेटिएको फलफूल एक फलफूल ब्यापारीले बताए । ‘भोलिको बन्द सफल पारौं भनेर सानो चिठी पनि लेखेको छ,’ उनले भनिन्, ‘कोही मान्छेले झोला बिस्र्यो होला भनेर खोज्दा त्यस्तो भेट्या हौं ।’

एसपी कार्कीले भेटिएको शंकास्पद वस्तु बम हो या होइन भन्नेबारे यकीन नभएको बताए । उनले भने, ‘सेनाको बम निस्क्रिय पार्ने टोली त्यता गइसकेको छ । बम हो या होइन भन्ने छानवीन भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?