+
+

मेरो क्रिकेट करिअर अझै सकिएको छैनः गेल

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते १०:३४

काठमाडौं । क्रिस गेलको आत्मविश्वासमा कहिल्यै कमी देखिएन । यस्तो होस् पनि कसरी, जब उनको पहिचान नै युनिभर्स बोसका रुपमा छ ।

जब उनलाई क्यारेबियन क्रिकेटको महान क्रिकेटको सूचीमा आफूले कहाँ राख्नुहुन्छ भन्ने सोधियो, उनको जवाफ देखावटी थिएन । उनले क्यारिबियन क्रिकेटरका रुपमा आफूले के पाए भन्ने स्मरण गरे । साथै विश्वकप २०१९ पछि आफ्नो भविष्यबारे पनि बताए । उनले संकेत थियो, उनको खेल जीवन अझै केही समय लम्ब्याउन सकिनेछ ।

गेलले भनेका छन्, ‘म पनि महान क्रिकेटरमा पर्छु, यसमा कुनै शंका छैन । मैले जीवनको हुरेक क्षण वेष्टइण्डिजका लागि खेलेर विताएको छु र आनन्द पनि लिएको छु । तर यो यात्रा अझै टुंगिएको छैन ।’

‘मलाई अझै केही खेल खेल्नुछ । विश्वकपपछि मेरो योजनाको कुरा गर्नुहुन्छ भने म शायद भारतविरुद्ध टेष्ट म्याच खेल्छु र त्यसपछि भारतसँगै हुने वन डे सिरिज पक्का खेल्छु । तर टी–२० क्रिकेट छोड्छु ।’

उनले अघि भने, ‘यो तीन खेल (विश्वकपमा वेष्टइण्डिजका बाँकी खेल) मा शतक पनि हान्न चाहन्छु तर, यस्तो नभए पनि कुनै गुनासो गर्दिनँ वा मन दुखाउँदिनँ ।’

गेलकाअनुसार उनी यो विश्वकपको सेमिफाइनल खेल्न मात्र होइन, ट्रफी नै जित्न चाहन्थे तर यो सम्भावना अब निकै कठिन छ । वेष्टइण्डिजले बिहीबार भारतविरुद्ध ओल्ड ट्राफर्डमा खेल्नेछ र विश्वकपको अन्तिम चारमा पुग्ने सम्भावना कायम राख्न यो मात्र होइन, बाँकी दुई खेल पनि जित्नुपर्छ । यसका साथै अरु टिमको खेलमा पनि भर पर्नुपर्छ ।

३९ वर्षीय गेल मान्छन् कि वेष्टइण्डिजका क्रिकेटको भविष्य राम्रो छ र निकोलस पोरन यसलाई पूरा गर्ने क्रिकेटर हुन् । पोरनको क्रिकेटबाट प्रभावित गेल भन्छन्, यस्ता युवा टिममा पर्दा खुशी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?