Comments Add Comment

अश्लिल फिल्म बन्दा दुखेको थियो भूवनको मन

नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’की नायिका हुन् भूवन चन्द । नेपाली चलचित्रमा लामो समय बिताउँदै कहिलेकाही उनको मन दुखेको थियो । आधा शताब्दी भन्दा बढी समय नेपाली चलचित्रमा काम गर्दा भूवनको मन दुख्नुको कारण के रहेछ ? चन्द भन्छिन्–‘आजभन्दा झन्डै एक दशक पहिलेको कुरा हो । जुन समय नेपाली चलचित्र क्षेत्रमा स्तरहिन चलचित्र बनिरहेका थिए । निर्माता–निर्देशकहरुले पनि यो क्षेत्रलाई नवुझी काम गरिरहेका थिए । गलत सोच बोकेर आउनेहरुको भी थियो । त्यो बेलामा यो क्षेत्रमा किन आएछु भनेर मेरो मन दुखेको थियो ।’

भुवन भन्छिन्–‘त्यो समय अश्लिल चलचित्रहरु धेरै बन्थे । निर्माता(निर्देशक पनि त्यही सोचले यो क्षेत्रमा प्रवेश गरिरहेका थिए । चलचित्र क्षेत्र त पुरै ध्वस्त जस्तै भयो । त्यो समयमा चलचित्र क्षेत्रमा किन आए भन्ने लागिरहन्थ्यो ।’ भुवनका अनुसार उक्त समय चलचित्र क्षेत्रमा कलाकारहरु पनि पैसा हालेर ‘हिरो’ बन्ने गर्थे । ‘हिरोइन’हरु पनि आफूलाई चर्चित बनाउन जती पनि नाङ्गिन तयार भएका थिए । कामलाई नै आफ्नो धर्म मानेर काम गरिरहेका उनी जस्ता कलाकारको मन दुखेको थियो ।

उनले अगाडि भनिन्–‘हामीले यस्तो सम्मान गरेर काम गरिरहेको, दुःख गरेको क्षेत्रलाई अपमान गर्दा सच्चिकै मन दुखेको थियो ।’ भूवन अहिले आफै निर्मात्री बनेकी छिन् । उनले निर्माण गरेको चलचित्र ‘साइनो’ साउनको २४ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment