Comments Add Comment

स्वरा भास्करको ब्रेकअप, टुट्यो पाँच वर्ष लामो सम्बन्ध

त्यसो त स्वरा भास्कर चर्चा र विवादबाट कहिल्यै टाढा हुँदैनन् । कुनै न कुनै फन्डा गरेर उनी चर्चामा आउँछिन् । यसपालीको चर्चा फरक छ । उनले ब्रेकअप गरिन् । अर्थात प्रेमी हिमांशु शर्मालाई उनले त्यागेकी छिन् ।

स्वराको प्रेमी हिमांशु भारतको राष्ट्रिय अवार्ड विजेता लेखक हुन् ।

भनिहालौं, स्वरा भास्कर र हिमांशु शर्माको पाँच बर्षदेखि अफेयर चलिरहेको थियो । स्वराले हिमांशुसँग आफ्नो रिलेशनशिपका बारेमा सन् २०१४ मा पहिलो पटक घोषणा गरेकी थिइन् । आनन्द एल रायको फिल्म ‘तनु वेड्स मनु’ मा काम गर्ने क्रममा दुबी एक-अर्काको नजिक आएका थिए । समाचारमा जनाइ अनुसार भविष्य कस्तो हुनेछ भन्ने कुरालाई लिएर भएको मतभेदका कारण नै स्वरा र हिमांश अलग भएका हुन् । उनीहरु दुबैका सहमतिमा ब्रेकअप गर्ने निर्णय भएको बताइन्छ ।

अघिल्लो वर्ष स्वरा यूरोपको टुरमा गएकी थिइन् । त्यसक्रममा उनले आफ्नाप्रेमि हिमांशुसंगको एउटा तस्बिर सामाजिक सञ्जालमा अपलोड गरेकी थिइन्, जुन भाइरल भएको थियो । उक्त तस्बिर शेयर गर्दै स्वराले लेखेकी थिइन्-‘जब तपाईंकी प्रेमिकाले भ्याकेसनमा जाने जिद्दी गर्छिन् र त्यसपछि सेल्फी लिनका लागि पनि तपाईंलाई दवाव दिन्छिन् ।’

स्वरा भास्कर आफ्नो बिन्दास स्वभावका कारण समेत चर्चामा आइरहन्छिन् । उनी हरेक मुद्दामा खुलेर आफ्नो विचार व्यक्त गर्छिन् । स्वरा धेरै पटक उत्तेजक विचार व्यक्त गरेकै कारण ट्रोल समेत बन्दै आएकी छिन् । स्वरा पछिल्लो पटक ‘वीरे दी वेडिङ’ फिल्ममा देखिएकी थिइन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment